४६ अर्बको बजेट ल्याउँदै मधेश सरकार

२०८२ असार १, आईतवार ११:१५

सर्लाही – मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि करिब ४६ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। प्रदेशसभा बैठक आइतबार अपराह्न ४ बजे बस्दैछ। बैठकमा अर्थमन्त्री सुनिलकुमार यादवले बजेट प्रस्तुत गर्नेछन्।

चालु आर्थिक वर्षमा ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट ल्याइएकोमा आगामी वर्षको बजेट तीन अर्बभन्दा बढीले बढ्नेछ। संघीय सरकारले विशेष, समपूरक र ससर्त अनुदान गरी करिब ६ अर्ब रुपैयाँ दिने सुनिश्चितता गरेपछि प्रदेश सरकारले बजेटको आकार बढाउन लागेको हो।

संघीय सरकारले मधेश प्रदेशलाई समानीकरण अनुदानमा ७ अर्ब ७२ करोड १९ लाख, राजस्व बाँडफाँटमा ८ अर्ब र अन्तःशुल्कतर्फ ४ अर्ब ३५ करोड ८९ लाख रुपैयाँको सिलिङ पठाएको छ। चालु आर्थिक वर्षमा विशेष र समपूरक अनुदान नसमेटिएकाले बजेट सीमित भएको थियो।

समानुपातिक सांसदका लागि डेढ करोड र प्रत्यक्ष निर्वाचित सांसदका लागि ५ करोडभन्दा बढीको योजना चालु वर्षमा छुट्याइएको थियो। बजेटको सिलिङ कम आए पनि मन्त्रीहरूमा पार्टी कार्यकर्ता र सांसदको दबाबका कारण योजना थप गर्नुपर्ने भएकाले बजेटको आकार बढाइएको अर्थसचिव रामकुमार महतोले बताए।

सम्बन्धित खबर:
मधेशमा सांसदलाई ५ करोडसम्मको बजेट दिइने

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार