रामनगर गाउँपालिकाले ल्यायो ४१ करोड बढीको बजेट

२०८२ असार ९, सोमबार २०:३९

रामनगर – सर्लाहीको रामनगर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४१ करोड ३४ लाख ९० हजार ७७६ रुपैयाँको महत्वाकांक्षी बजेट प्रस्तुत गरेको छ ।

सोमबार गाउँसभामा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गरिएको हो । ‘विकास, समावेशिता र सुशासन’ लाई मुख्य नाराका रूपमा अघि सारेको गाउँपालिकाले कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन र युवा सशक्तिकरणमा जोड दिएको छ ।

गाउँपालिकाले प्रस्तुत गरेको बजेटको एक उल्लेखनीय भाग ग्रामिण सडक विस्तार, खानेपानी योजना, महिला उद्यमशिलता, र बालबालिकामैत्री कार्यक्रमहरूमा केन्द्रित गरिएको छ ।

स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै पारदर्शिता र उत्तरदायित्वको नयाँ अभ्यास गर्ने संकल्पका साथ बजेट प्रस्तुत गरिएको जनाइएको छ ।

यो पनि पढ्नुहोस:
सर्लाहीका ९ पालिकामा आज एकै दिन नीति तथा कार्यक्रम प्रस्तुत
गोडैतामा चम्चागिरीको राज: कामदार बेवास्ता, चाकरीबाजको बर्चस्व ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार