मलंगवा – सर्लाहीमा आज दिनभर जिल्लाभर बिद्युत अबरुद्व हुने भएको छ।
नेपाल विद्युत प्राधिकरण मलंगवा वितरण केन्द्रले हिजो एक सूचना जारी गर्दै आज बिहान ७ बजेदेखि दिनभर विद्युत आपूर्ति अनियमित हुने वा पूर्ण रूपमा अवरुद्ध हुन सक्ने जनाएको छ।

वितरण केन्द्रका अनुसार ११ के.भि लाइन नजिक रहेका रुखका हाङ्गा विङ्गा हटाउने कार्य गर्ने तयारी भएकाले सो अवधिमा आपूर्ति हुने सम्पूर्ण क्षेत्रमा विद्युत अवरुद्ध हुने छ।
यो पनि पढ्नुहोस:
– सर्लाहीमा अनियमित विद्युत् कटौतिले सर्वसाधारण हैरान





