सर्लाहीमा माटोको ढिस्कोमा पुरिँएर गम्भीर घाईते भएका चार जनाकै मृत्यु

२०८२ आश्विन १५, बुधबार ११:०५
घटनास्थल

मलंगवा – सर्लाहीको हरिपुर्वा नगरपालिका – १ हर्दी नदी किनारमा माटो खन्ने क्रममा ढिस्को खस्दा चार जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा महोत्तरी सोनमा गाउँपालिका – ६ मगरथाना बस्ने बेधु मंसुरकी ६५ वर्षीया पत्नी सायदा खातुन, सोहि ठाउँका उदय मंसुरकी ६ वर्षीया छोरी सविवा खातुन, अल्लाउदिन मंसुरका ८ वर्षीय छोरा डिल्लु मंसुर र नसरुल शेखकी ९ वर्षीया छोरी नर्गिस खातुन रहेका छन्।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार बुधबार बिहान करिब ७ बजेतिर खुर्पाले माटो खन्ने क्रममा अचानक ढिस्को खस्दा उनीहरू माटोमा पुरिएर घटनास्थलमै मृत्यु भएको हो।

घटनाबारे प्रहरीलाई बिहान ९ बजेतिर सूचना आएपछि हरिपुर्वा प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली खटिएको थियो। घाइतेलाई उद्धार गरी तत्कालै प्रादेशिक अस्पताल मलंगवा पठाइएकामा चिकित्सकले सबैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

अहिले मृतकहरुको शव सोहि अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

यो पनि पढ्नुहोस:
सर्लाहीमा माटोको ढिस्कोले पुरिँदा चार जना गम्भीर घाईते

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार