मलंगवा – हालै सरुवा भएका सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तुलसी बहादुर श्रेष्ठको बिदाई गरिएको छ।
सिडिओ श्रेष्ठको गोरखामा सरुवा भएपछी आज (बिहिबार) बिदाई गरिएको हो। श्रेष्ठको गृहमन्त्रालयले यही कार्तिक ९ गते जिल्ला प्रशासन कार्यालय गोरखामा सरुवा गरेको थियो।

सिडिओ श्रेष्ठको सरुवा भएसँगै सर्लाहीमा गोरखाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया आउने भएका छन्। श्रेष्ठले २०८१ पुस २५ गते सर्लाहीमा सिडिओको कार्यभार सम्हालेका थिए।
तर उनको कार्यकाल जिल्लामा सुरक्षा व्यवस्थामा कमजोरी र तस्करीमा वृद्धि भएको आरोपबीच बित्यो। उनको कार्यकालमा सर्लाहीका सीमाक्षेत्रहरूमा सबै भन्दा धेरै तस्करी र अवैध ओसारपसार भएको बताइन्छ।
यो पनि पढ्नुहोस:
– सर्लाहीका सिडिओ श्रेष्ठको सरुवा नयाँ सिडिओमा कडरिया आउँदै





