मलंगवा – सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबाली आगलागीबाट प्रभावित किसान, जिल्लामा रहेका चिनी उद्योगका प्रतिनिधि, जिल्ला प्रमुख अधिकारीलगायतका बिँच सहमति भएको छ।
मंगलबार जिल्ला सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा कृषकको उखु खरिद, इन्धन सहयोग तथा समयमै भुक्तानी सुनिश्चित गर्ने निर्णय गरिएको हो।

आगलागी भई क्ष्यति भएको उखु जिल्लास्थित हाल संचालनमा रहेका चिनी उद्योगहरूले किसानहरुलाई राहत हुनेगरि खरिद गर्ने साथै, किसानको सहुलियतका लागि सम्भब भएसम्म इन्धन दिई सहयोग गर्ने र किसानहरुको उखुको रकम समयमा भुक्तान गर्ने निर्णय गरिएको गोडैता नगरपालिकाका नगरप्रमुख देबेन्द्र यादवले जानकारी दिए।
उक्त छलफलमा गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र कुमार यादव, प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया, सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे, प्रहरी प्रशासनका प्रतिनिधि तथा इन्दु शंकर चिनी उद्योग र महालक्ष्मी सुगर प्रालिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
गत मंशिर २९ गते दिउँसो आगलागी भएर झन्डै ५०-६० बिघामा लगाईएको उखुवाली जलेको थियो। आगलागीको कारण र क्षतिको विवरण हालसम्म एकिन भई नसकेको बताईएको छ।
यो पनि पढ्नुहोस:
– सर्लाहीमा उखु खेतीमा भीषण आगलागी
– गोडैताको उखुबालिमा आगलागीः पीडित किसानलाई तत्काल राहत उपलब्ध गराउन माग





