भारतीय नागरिकलाई नागरिकता दिएको आरोपमा पक्राउ परेका वडाध्यक्ष ६० हजार धरौटीमा रिहा

२०८२ पुष १७, बिहीबार १९:२६

मलंगवा – सर्लाहीको मलंगवा नगरपालिका – ७ का वडाध्यक्ष मो. इशा मिकरानी ६० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

भारतीय नागरिकलाई झुटा विवरणका आधारमा नेपाली नागरिकता दिलाएको आरोपमा पक्राउ परेका ६२ वर्षीय मिकरानीलाई जिल्ला अदालत सर्लाहीले ६० हजार धरौटीमा छाड्न आदेश दिएको हो।

अदालतको आदेश अनुसार उनलाई आज साँझ हिरासतमुक्त गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। नागरिकतासम्बन्धी कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालय सर्लाहीले मिकरानीलाई गत पुष १३ गते पक्राउ गरेको थियो।

यसअघि जिल्ला सरकारी वकिल कार्यालयले घटनाबारे थप अनुसन्धान आवश्यक रहेको भन्दै गत वैशाख २२ गते नै पत्राचार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

यो पनि पढ्नुहोस:
सर्लाहीमा झुठो विवरणको आधारमा नागरिकता दिलाएको आरोपमा वडाध्यक्ष पक्राउ

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार