मलंगवा – सर्लाहीको चन्द्रनगर गाउँपालिका – १, किसनपुरमा शिक्षा शाखा प्रमुख कमला बस्नेतमाथि दुर्व्यवहार गरेको आरोप लागेका सोहि वडाका वडाध्यक्ष रामेश्वर प्रसाद महतोले रास्ट्रसेवक कर्मचारीलाई दुर्व्यवहार गर्ने कुरा म कल्पनामा पनि सोच्न नसक्ने बताएका छन्।
महिला कर्मचारीलाई दुर्व्यवहार गरेको घटना बाहिएपछि उनले आज प्रेस बिज्ञप्ति जारि गर्दै रास्ट्रसेवक कर्मचारीलाई दुर्व्यवहार गर्ने कुरा म कल्पनामा पनि सोच्न नसक्ने भन्दै उक्त घटनालाई वडाध्यक्षको पदीय, व्यक्तिगत आचरणलाई मानहानी गर्ने, अतिरन्जित र भ्रामक भएको बताएका छन्।

‘बैठकमा भाडभैलो मच्चिएपछि अवस्था थप गम्भीर हुन नदिन बैठक स्थगित गरी अर्को सूचनाका लागी सरसल्लाह गर्दै सबैजनालाई आ-आफ्नो गन्तब्य तिर लाग्ने क्रममा विद्यालयको प्रागंनमा थप वादबिवाद नहोस भन्ने उदेश्यले म वडा अध्यक्षले राष्टसेवक कर्मचारी कमला बस्नेत ज्यूलाई अब हामीहरु पनि जाउँ भनी निजको नजिक गएर कुराकानी गरेको बेलाको भिडियो क्लिपलाई अतिरन्जित गरि राष्टसेवक कर्मचारीलाई अभद्र व्यवहार गालीगलोज हातपात गरेको जस्ता लगायत झुठा भ्रामक प्रचार गरिएको छ।’ बिज्ञप्तिमा लेखिएको छ।
गत सोमबार किसनपुर माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठनका लागि भेला बोलाइएको थियो। तर, वडाध्यक्षको अनुकूलता अनुसार समिति गठन नभएपछि विवाद उत्पन्न भएको बताइएको छ ।
स्थानीयका अनुसार वडाध्यक्ष महतोसहित उनका सहयोगीहरू राम साह हलुवाई, भरत गुप्ता, दरोगा पासवान र किशोरी रायले समेत शिक्षा शाखा प्रमुख बस्नेतमाथि गालीगलौज गर्दै हातपातको प्रयास गरेका थिए । सार्वजनिक भिडियोमा पनि वडाध्यक्षको समूहले बस्नेतलाई धकेलेको देख्न सकिन्छ।
यो पनि पढ्नुहोस:
– सर्लाहीको चन्द्रनगरमा जनप्रतिनिधिबाटै शिक्षा शाखा प्रमुखमाथि दुर्व्यवहार






