एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरी पक्राउ

२०८३ असार १८, बिहीबार २०:२७

सर्लाही – नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या प्रकरणमा उच्च अदालतबाट ५ वर्ष कैद सजाय ठहर भएपछि बिहीबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बिहीबार साँझ करिब ६ बजे गौशाला नगरपालिका – ५स्थित एमाले पार्टी कार्यालय अगाडिको सार्वजनिक स्थानबाट कोइरीलाई पक्राउ गरिएको हो।

२०७२ भदौ २५ गते ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या भएको घटनामा चलेको कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते सुनाएको फैसला पछि पुनरावेदन भएको थियो।

त्यसपछि उच्च अदालत जनकपुरले २०८३ असार १७ गते जिल्ला अदालतको फैसला उल्ट्याउँदै लक्ष्मी महतो कोइरीलाई ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो। उक्त फैसलाअनुसार कैद सजाय कार्यान्वयन गर्न प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

यो पनि पढ्नुहोस:
थमन विक हत्या प्रकरण: पूर्वसांसद कोइरीलाई पाँच वर्ष कैद सजाय

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार