राजेन्द्र बिश्वकर्मा, सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाकै उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कनमा ईश्वरपुर नगरपालिकाले ५६.३ अंक प्राप्त गर्दै जिल्लाकै उत्कृष्ट बनेको हो। यस्तै, जिल्लामा कार्यसम्पादन मूल्याङ्कनमा सबै भन्दा कमजोर बलरा नगरपालिका देखिएको छ।
सर्लाहीका २० वटा पालिकामध्ये कार्यसम्पादन मूल्याङ्कनको आधारमा ईश्वरपुर नगरपालिकापछि दोस्रोमा पर्सा गाउँपालिका ५५.८, लालबन्दी नगरपालिका ५५.१, रामनगर गाउँपालिका ५२.६, हरिवन नगरपालिका ५०.७, धनकौल गाउँपालिका ५०.५, कोडैना गाउँपालिका ४९.८, चक्रघट्टा गाउँपालिकाले ४७.७ अंक प्राप्त गरेका छन्।

बिष्णु गाउँपालिका ४६.४, ब्रहम्पुरी गाउँपालिका ४५.९, हरिपुर्वा नगरपालिका ४५.८, बरहथवा नगरपालिका ४५.८, चन्द्रनगर गाउँपालिका ४४.८, गोडैता नगरपालिका ४४.६, हरिपुर नगरपालिका ४४.५, कविलासी नगरपालिका ४२.३, बसबरिया गाउँपालिका ३९.२, मलंगवा नगरपालिका ३५.९, बागमती नगरपालिका ३५.२ र बलरा नगरपालिकाले ३४.५ अंक प्राप्त गरेका छन्।
आर्थिक वर्षको राजस्व र आयव्ययको अनुमान, समयमा गाउँसभामा पेस गरे नगरेकोदेखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा पठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्च लगायतका १७ वटा सूचाङ्कमा यो मूल्याङ्न हुने गर्दछ । यसमा सुशासन, समन्वय, पूर्वाधार, न्यायिक कुराहरु पनि सुचकमा राखिएका हुन्छन् ।
यो पनि पढ्नुहोस:
– कार्यसम्पादनमा सबैभन्दा कमजोर मधेस प्रदेश





