मलंगवा – सर्लाहीमा स्थानीय पत्रकार तथा मिडिया हाउसका प्रतिनिधिहरुको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। तालिम सुनौलो सिसौट नेपालको आयोजना, नेपाल पत्रकार महासंघ सर्लाहीको समन्वय र इन्टरनेशनल एलर्टको सहयोगमा संचालन भएको हो।
मङ्गलबार र बुधबार दुई दिन संचालन भएको तालिममा पत्रकारिता, समाचार र एङ्गल, रिपोर्टिङ्गमा ख्याल गर्नुपर्ने कुरा, मल्टी मिडियाको प्रयोग, प्रभाव र दुरुपयोग, फिल्डमा जाँदा अपनाउनुपर्ने सावधानी, पत्रकारिताको भाषा, मिथ्या सूचना के हो ? यसबाट कसरि बच्ने ?, पत्रकारका आचारसंहिता, फेलोसिपका लागि नेपाल र विश्वमा भएका अभ्यासका सम्बन्धमा प्रशिक्षण गरिएको थियो।

सहभागीहरूलाई प्रशिक्षक द्वय अजित तिवारी र दिवाकर उप्रेतीले विभिन्न विषयमा सहजीकरण गरेका थिए । तालिमको मङ्गलबार हिजो जिल्ला समन्वय समिति सभापति कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थिए ।
सम्बन्धित खबर:
– मलंगवामा दुई दिने क्षमता अभिबृद्वी तालिम सुरु





