अवैध रूपमा अमेरिका पुगेका ३७ नेपाली नेपाल फिर्ता, चार्टर्ड विमानमार्फत काठमाडौँ अवतरण

२०८२ जेष्ठ २५, आईतवार २१:४५

सर्लाही – अमेरिका पुगेका थप ३७ नेपाली नागरिकलाई अवैध आप्रवासनको आरोपमा अमेरिकाले स्वदेश फिर्ता पठाएको छ। उनीहरू आइतबार विशेष चार्टर्ड उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीका अनुसार स्वदेश फर्काइएकामध्ये ३२ जना पुरुष र ५ जना महिला रहेका छन्। अमेरिकामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालदेखि कडाइका साथ लागू गरिएको आप्रवासन नीतिअनुसार अवैध रूपमा प्रवेश गरी बसोबास गरिरहेका नेपाली नागरिकहरू निरन्तर रूपमा डिपोर्ट हुँदै आएका छन्।

यसअघि सन् २०२५ (वि.सं. २०८१) को फागुन महिनामा अमेरिकाको टेक्सास राज्यबाट ९ जना नेपाली डिपोर्ट भएका थिए। हालै फिर्ता पठाइएकाहरू सहित ट्रम्प प्रशासनको नीतिपछि हालसम्म अमेरिका द्वारा निष्कासित नेपालीहरूको सङ्ख्या १६३ पुगेको छ। सरकारले स्वदेश फर्काइएकाहरूको पुनःस्थापनाको विषयमा आवश्यक कदम चाल्नुपर्ने आवाजसमेत उठ्न थालेको छ।

सम्बन्धित खबर:
अमेरिकाबाट ठूलो संख्यामा नेपाली डिपोर्ट, चार्टर्ड विमानमार्फत आज काठमाडौं ल्याइँदै

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार