इलाका प्रशासन कार्यालय बलरामा स्थापना हुने बिरुद्व गोडैतामा सर्वदलीय बैठक सम्पन्न

२०८२ भाद्र १३, शुक्रबार १६:४६

गोडैता – सर्लाहीको गोडैतामा इलाका प्रशासन कार्यालय बलरामा स्थापना हुने बिरुद्व सर्वदलीय बैठक सम्पन्न भएको छ। आज (शुक्रबार) नगरपालिकाको सभाहलमा नगर उपप्रमुख अञ्जना कुशवाहाको अध्यक्षमा बैठक सम्पन्न भएको हो।

बैठकमा सर्लाही क्षेत्र नम्बर ४ को इलाका प्रशासन कार्यालय बलरामा हुने भनि गरिएको निर्णय गलत रहेको र यहाँका लागि सबैको लागि पायक पर्ने ठाउँ गोडैतामा इलाका प्रशासन कार्यालय हुनु पर्ने बिषयमा छलफल गरिएको हो।

साथै, बैठकमा गोडैता नगरपालिकामा कार्यालय रहेमा बलरा, रामनगर, धनकौल, बसबरिया, विष्णु गाउँपालिकाको बिंच सेन्टर रहेकाले इलाका प्रशासन कार्यालय गोडैतामा हुनुपर्ने माग उनीहरुले गरेका छन्।

यी अन्य पालिकाका साथै गोडैताका लागि मात्र पनि जिल्ला प्रशासन कार्यालय मलंगवा भन्दा बलरामा धेरै टाढा पर्छ। यसका साथै बलरा भारतीय सिमा रहेकाले इलाका प्रशासन कार्यलय अशुरक्षित रहने बैठकले निष्कर्ष गरेको छ।

बैठकले इलाका प्रशासन कार्यालय गोडैतामा राख्नु उपयुक्त हुने निर्णय सर्वसम्मत गरेको छ। यो निर्णय जिल्ला प्रशासन कार्यालयमा बुझाउन र कार्यान्वयन गराउनका लागि समन्वय समिति तथा आन्दोलन परिचालन समिति गठन गरेको छ।

बैठकमा गोडैता नगरपालिकाकि नगर उपप्रमुख अञ्जना कुशवाहा, प्रमुख अतिथि उपेन्द्र प्रसाद कुशवाहा, गोडैता नगरपालिकाका सम्पूर्ण वडाका वडा अध्यक्ष, बिभिन्न दलका नेता तथा कार्यकर्ता, गोडैतावासी लगायतको उपस्थित रहेको थियो।

यो पनि पढ्नुहोस:
सर्लाहीको बलरामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना हुने

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार