सिमलताल पहिरो : रामनगरका मृतकका परिवारलाई गापा अध्यक्ष यादवद्वारा एक / एक लाख हस्तान्तरण

२०८१ श्रावण १५, मंगलवार १६:१९

गोडैता – गत असार २८ गते बिहान काठमाडौँबाट गौर आउँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल डिलक्स बस चितवनको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिसुलीमा खसेर बेपत्ता भएको बसमा परि ज्यान गुमाएका सर्लाहीको रामनगर गाउँपालिकाका २ जना मृतक युवकका पिडित परिवारलाई गाउँपालिकाले एक/एक लाख रकम हस्तान्तरण गरेको छ।

मंगलबार ( आज ) गाउँपालिकाका अध्यक्ष राजाबाबु यादव पीडित परिवारहरुका घर घरमै पुगेर उक्त रकम हस्तान्तरण गर्नु भएको हो। अध्यक्ष यादवले दुर्घटनामा आफ्नो गाउँपालिका भित्रका दुई जना युवाहरुको पनि मृत्यु भएको पुष्टि भएपछी गत सावन ५ गते शनिबार दिउँसो मृतक युवकहरुका पिडित परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले राहत दिने घोषणा गर्नु भएको थियो।

साथै, सावन ६ गते आईतबार गाउँपालिकामा शोक बिदा दिइएको थियो र सोहि दिन साँझ मृतकहरुप्रति श्रद्धाञ्जलि ब्यक्त गर्दै दिप प्रज्वलन पनि गरिएको थियो। उक्त बस दुर्घटनामा परि अहिलेसम्म सर्लाहीका तीन जना युवाको मृत्यु भएको खुलेको छ। जसमा दुई जना रामनगर गाउँपालिकाका र अर्का एक जना बहरथावाका युवा रहेका छन्।

ज्यान गुमाउनेहरुमा रामनगर गाउँपालिका-३, बहुअर्वाका जितेन्द्र राम, रामा दास रहेका छन्। मंगलबार दिउँसो अध्यक्ष यादव जितेन्द्र र रामाको घरमै पुगेर उनीहरुका परिवारलाई रकम हस्तान्तरण गर्नु भएको हो। दुर्घटनामा मृत्यु भएका मध्ये जितेन्द्रको शव भेटिसकेको छ भने रामाको शव अहिलेसम्म अज्ञात नै छ। यस्तै सोहि दुर्घटनामा बहरथवा नगरपालिकाका रमितकुमार माझीको पनि मृत्यु भएको छ।

उक्त दुर्घटनामा परेका दुई वटा बसमा ६५ जना रात्रु सवार रहेको खुलेको छ। हालसम्म उक्त दुर्घटनामा परेकाहरु मध्ये २४ जनाको शव मात्र भेटिएको छ भने बाँकी सबै जना बससहित बेपत्ता छन्।

यो पनि पढ्नुहोस :

काठमाण्डौबाट सर्लाही आउँदै गरेका रामनगरका दुई युवा सम्पर्क बिहिन, त्रिशुली बस दुर्घटनामा परेको आशंका परिवारजन चिन्तित
सिमलताल पहिरो : मृतकका परिवारलाई रामनगर गापा अध्यक्ष राजाबाबु यादवले एक लाख दिने
रामनगरका जितेन्द्रको सपना त्रिशूलीमै बग्यो

सम्बन्धित समाचार