मधेश प्रदेशका मुख्यमन्त्री सिंहको राजिनामा माग्दै जनकपुरमा कुर्सी जुलुश

२०८१ श्रावण २४, बिहीबार ११:५९

सर्लाही – मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको राजिनामा माग्दै जनकपुरमा कुर्सी जुलुश निकालिएको छ। बुधबार दिउँसो जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघ र विद्यार्थी युनियन नेपालले कुर्सी जुलुस प्रदर्शन गरेका हुन्।

मंगलबार जनमत पार्टीका मुख्यमन्त्री सिंहले ५ राज्यमन्त्री थप गर्दै २० सदस्यीय मन्त्री मण्डल बनाएपछि उक्त कार्यको बिरोध गर्दै कुर्सी जुलुस प्रदर्शन गरिएको हो। कुर्शी प्रदर्शन जनकपुरको रामानन्दचोकबाट निक्लेर नगरको विभिन्न भागमा प्रदर्शन गर्दै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

प्रदेश सरकार प्रभावकारी नभएको भन्दै आम रुपमा आलोचना भइरहेको बेला मधेस सरकारमा मुख्यमन्त्रीसहित १२ मन्त्रालयमा थप ८ राज्यमन्त्री थपेर सत्ताको चरम दुरुपयोग गरेकोसमेत आरोप लागाईएको छ। सत्ता टिकाउन र गठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पुर्याउने नाममा प्रदेशमा यसरी सरकार निर्माण गर्नु आफैमा नमिल्ने र आम रुपमा स्वीकार्य नहुने देखिएको छ।

यो मधेशमा अहिलेसम्मको सबैभन्दा ठुलो मन्त्रिपरिषद हो । यस बिषयमा भने जनमत पार्टीका अध्यक्ष सिके रावतले भनेका छन् मधेश सरकार गठबन्धको हो, जनमतको होइन। गठबन्धनले उक्त मन्त्रालय र मन्त्रि निर्धारण गरेको हो, यसमा हामीले चाहेर मात्र नहुनेसमेत उल्लेख गरेका छन्। यस्तै, सांसद डा.अमरेशकुमार सिंहले रोजगारको संख्या घटदै जानू र मन्त्रालयको संख्या बढदै जानू मधेशको लागि दुर्भाग्यपूर्ण रहेको बताएका छन्।

सांसद सिंहले बुधबार आफ्नो फेसबुक पेजमा एक स्टाटस राख्दै लेखेका छन् – ‘सुशासन गल्हतयाएर ल्याउनु पर्छ भन्ने ल्याइन्छ,झ्याल झ्यालमा मन्त्रालय खोलेर आउँछ भन्ने ल्याइन्छ,मधेश प्रदेश दिनानुदिन शिक्षा, स्वास्थ्य स्थर खस्किदै जानु ,कृषि उत्पादन र रोजगार को संख्या घटदै जानू र मन्त्रालयको संख्या बढदै जानू मधेशको लागि दुर्भाग्यपूर्ण हो।’ उक्त कार्यको अहिले चौतर्फी रुपमा आलोचना भईरहेको छ।

यो हेर्नुहोस मन्त्रीहरुको नाम र मन्त्रालय :

May be an image of textयो पनि पढ्नुहोस :
रोजगारको संख्या घटदै जानू र मन्त्रालयको संख्या बढदै जानू मधेशको लागि दुर्भाग्यपूर्ण हो – सांसद सिंह
मधेश प्रदेशमा सत्ताको चरम दुरुपयोग, १२ मन्त्रालय, २० जना मन्त्री
मधेशमा थप ५ राज्यमन्त्री नियुक्त

सम्बन्धित समाचार