
राजेन्द्र बिश्वकर्मा, सर्लाही – केहि दिन अघिको निरन्तरको बर्षाले सर्लाहीका बलरा, रामनगर र बसबरियामा केहि वस्तीहरु डुबानमा परे। बस्तीहरु डुबानमा परे संगै गरिव दु:खिहरुका दिन झन् दु:खमा धकेलिए। त्यसपछि स्थानीय तहहरुले तत्काल ति बस्तीहरुका वासिन्दालाई सुरक्षित स्थानतर्फ सारेर उनीहरुलाई खानाको ब्यबस्था पनि गरे।
यस क्षेत्रमा बाढीले सबैभन्दा प्रभावित बलरा नगरपालिका मानिएको छ। यहाँ जन धनकै क्ष्यती भएको छ। बिशेष त जील्लाको बसबरिया गाउँपालिका-६, स्थित मानपुरमा बागमती नदीको बाँध भत्किएर बाढी गाउँबस्तीमा पसेको हो। बाढीले बलरामा एक बालकसहित २ जनाको मृत्यु भएको छ भने किसानले भित्राउने तयारि गरेका धानसहित बिभिन्न बालिनालिहरुमा ठुलो क्ष्यती भएको छ। जुन तथ्यांक संकलन हुँदै छ।
बलरा नगरपालिकाले मृतकका परिवारलाई १ लाख सहयोग गर्ने घोषणा गरेको छ र तत्काल भने २५ हजार घटनाको केहि दिनमै हस्तान्तरण गरेको थियो र बाँकी केहि दिनमै प्रक्रिया पुर्याई हस्तान्तरण गर्ने बताईएको छ। यस्तै, सरकारले पनि मृतकका पिडित परिवारलाई २ लाख रकम गत आईतबार मात्र हस्तान्तरण गरेको छ।
यसैबिंच हिजो (सोमबार) जनमत पार्टी सर्लाहीले राहतमा राजनीति भयो भनेर नगरपालिकाको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेको छ। राहत बितरणमा बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकर कुशवाहाले आफूखुशी गरेको र बास्तविक पिडितलाई भन्दापनि आफ्ना र पहुँच पुगेकालाई मात्र राहत दिएको भन्दै प्रदर्शन कार्यक्रम गरिएको जनमत पार्टी सर्लाही जील्ला इन्चार्ज श्रीचन यादवले बताए।
यादवका अनुसार राहत वितरणको सूची तथा आय–ब्यय सार्वजनिक हुनुपर्ने, राहत वितरणको अधिकार वडाध्यक्षलाई दिनुपर्ने, सर्वदलिय बैठक बसी राहत वितरण गर्नुपर्ने, राहत वितरणको छानविन हुनुपर्ने, वास्तविक बाढी पीडितलाई राहत दिनुपर्ने लगायतका मागसमेत राखेको छ।
यता नगरप्रमुख कुशवाहाले उक्त मागहरुको सम्बोधन गर्ने मौखिक सहमति गरेका छन्। र वास्तविक पिडितहरुको बिबरण संकलन गरेर नै राहत बितरण गरिएको, नगरपालिकाका बासीहरुमा बाढी पसेदेखि आफू निरन्तर रुपमा उनीहरुकै पहलमा लागिरहेको बताएका छन्। जनमतले राजनीतिक प्रतिशोध गर्न उक्त कार्य गरेको उनले आरोप लगाएका छन्।