सर्लाही – गत जेठ ३२ गते गोली हानी हत्या गरिएका बाराको आदर्शकोतवाल गाउँपालिका–२ खजुरीया निवासी रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या प्रकरणका मुख्य अभियुक्तलाई घटनाको पाँच महिनापछि बारा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा त्यसबेलादेखि फरार मुख्य अभियुक्त सुरेन्द्र कुशवाहा रहेका छन्। कुशवाहालाई प्रहरीले गएराती विराटनगरबाट पक्राउ गरेको हो। करिब पाँच महिनादेखि परिचालित प्रहरीको स्पेसल टोलीले उनलाई पक्राउ गरेको हो। घटनापछि उनि फारार भई विराटनगरमा लुकेर खेतीपाती सुरु गरेर बसी रहेको पाईएको छ।
सोहि सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए । पक्राउ परेका कुशवाहालाई आज (बिहीबार) बिहान पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बारा प्रहरीले तयारी गरेको छ । घरबाट फर्किने क्रममा रामराजा बहुमुखी क्याम्पस प्रमुख कुशवाहामाथि साँझपख उनीमाथि गोलि प्रहार भएको थियो।
सम्बन्धित खबरहरु:
– बारा क्याम्पस प्रमुख हत्या प्रकरण : हत्यामा प्रयोग भएको पेस्तोलसहित थप एक जना पक्राउ
– बारामा फेरी एक जना शिक्षकको अज्ञात समूहद्वारा गोलि प्रहारबाट मृत्यु
– बारा क्याम्पस प्रमुख हत्या प्रकरण : दुई जना पक्राउ
– क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरण : हत्यारा पत्ता लगाई कारबाही गर्न मागसहित देशभरका क्याम्पस बन्दको घोषणा