सर्लाही – सर्लाहीका विभिन्न स्थानमा शुक्रबार (जेठ २) साँझ आएको हुरीका कारण ६ जना घाइते भएका छन् । हुरीका कारण घर, सवारीसाधनमा क्षति पुगेको छ । शुक्रबार साँझ सर्लाहीसहित तराईका विभिन्न जिल्लामा हुरी आएको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईका अनुसार हुरीका कारण रुखको हाँगा भाँचिएर लाग्दा, च्यापिँदा, हुरीले उडाएको जस्तापाताले लागेरलगायत घटनामा सर्लाहीका विभिन्न स्थानमा ६ जना घाइते भएका छन्।

सम्बन्धित खबर:
– सर्लाहीमा हावाहुरी: दुई जना घाईते, अन्य कहाँ कति भयो क्ष्यति ?
– गोडैतामा हावाहुरीले भत्कियो घर





