विवादास्पद डा. नवलकिशोरको हाकिमतन्त्र: लेखापाल आउँदा मोबाइल अफ, अफिस छाडेर भागे

२०८२ जेष्ठ ३०, शुक्रबार ०६:२०

सर्लाही – जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका निमित्त कार्यालय प्रमुख डा. नवलकिशोर झा कार्यालयमा लेखा अधिकृत हाजिर हुन आएका समयमा नै बेपत्ता भएका छन् ।

यो घटनाले सरकारी कार्यालयमा कसरी व्यक्तिगत स्वार्थका लागि नियम र प्रक्रिया मिचिएको हुन्छ भन्ने कुराको स्पष्ट उदाहरण दिएको छ । असार मसान्तमा अर्थ मन्त्रालयबाट सरुवा भएर आएका लेखापाल ज्ञानेन्द्रकुमार यादव हाजिर हुन जिल्ला स्वास्थ्य कार्यालय पुगेका थिए ।

मन्त्रालयबाट औपचारिक पत्रसहित कार्यालय पुगेका यादव कार्यालय प्रमुख झाको कार्यकक्षमै पुगेका थिए । तर, पत्र बुझाउने केही समयमै डा. झा कार्यकक्ष छोडेर चुपचाप बाहिरिएका थिए । उनले न त औपचारिक प्रतिक्रिया दिए, न त लेखापाललाई भेट्न चाहे । झन् चस्मा र साँचो टेबलमै छोडेर बाहिरिएका झाले आफ्नो मोबाइल फोनसमेत स्विच अफ गरेर सम्पर्कविहीन बने ।

उक्त समय लेखा अधिकृतलाई हाजिर गराउने जिम्मेवारी उनै कार्यालय प्रमुख डा. झाकै थियो । तर, उनको मनोमानी शैली र आफ्नो अनुकूल नभएका कर्मचारीलाई स्वीकार नगर्ने प्रवृत्तिले नयाँ लेखापालको हाजिरी प्रक्रियामा नै अवरोध सिर्जना भएको हो । लामो समयसम्म प्रमुख सम्पर्कविहीन भएपछि कार्यालयका दोस्रो वरिष्ठ कर्मचारी तथ्यांक अधिकृत लालबाबु रायले लेखापाल यादवलाई हाजिर गराएका छन्।

यसअघि सो कार्यालयमा लेखाको अतिरिक्त जिम्मेवारी जिल्ला प्रशासन कार्यालयका लेखापाल रामगणेश यादवले सम्हाल्दै आएका थिए । असार मसान्तजस्तो व्यस्त आर्थिक समयको अन्त्यमा लेखापालको नियुक्ति प्रक्रिया रोक्ने प्रयास गर्नु स्वाभाविक शंका र गम्भीर प्रश्न खडा गराउँछ ।

यी भ्रस्ट प्रवृतिका डाक्टरलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गत जेठ १ गते सरुवा गरेर सोहि अस्पतालको प्रमुखको रुपमा सोहि कार्यालयमा कार्यरत आठौँ तहका कर्मचारी लालबाबु यादवलाई खटाएको थियो, बिडम्बना तिनै भ्रस्टलाई स्वास्थ्य मन्त्रालयले लगभग आधा महिनापछि पुन सोहि कार्यालयको प्रमुख बनाएर पठायो।

के डा. झा आफैं लेखा कार्यमा हस्तक्षेप गर्न खोजिरहेका थिए ? कि कुनै निहित स्वार्थका कारण नयाँ लेखापालको प्रवेश रोक्न खोजिएको हो ? यस घटनाले जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीमा शासन, पारदर्शिता र जवाफदेहिताको गम्भीर अभाव रहेको देखिएको छ ।

सम्बन्धित खबर:
कमिसनका लागि अस्पतालबाट बिरामी रेफर गर्ने आरोप लागेका डाक्टर नवल किशोरको सरुवा
स्वास्थ्य कार्यालय सर्लाहीको प्रमुखमा लालबाबु राय

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार