गुनासोपछि हरिवनका इन्स्पेक्टर तामाङ हेडक्वाटर तानिए, उनको ठाउँमा चन्द्र अधिकारी आउँदै

२०८२ श्रावण ५, सोमबार ०९:२५

मलंगवा – लगातार बढेका गुनासो र असन्तुष्टिपछि अन्ततः इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख निरीक्षक किशोर तामाङलाई प्रहरी प्रधान कार्यालयले काठमाडौंस्थित प्रधान कार्यालय (हेडक्वाटर) झिकाएको छ।

२०८१ सालको भदौ महिनादेखि हरिवनको कमाण्ड सम्हालेका तामाङलाई हेडक्वाटरले अकस्मात सरुवा गरेपछि स्थानीय सुरक्षा वृत्तमा हलचल मच्चिएको छ। प्रहरी स्रोतका अनुसार तामाङविरुद्ध आएका गुनासो तथा उजुरीलाई आधार मानेर प्रहरी प्रधान कार्यालयले उनलाई हेडक्वाटर तानेको हो।

उनको स्थानमा अब नयाँ प्रहरी वृत्त बौद्धमा कार्यरत इन्स्पेक्टर चन्द्र अधिकारीलाई हेडक्वाटरले हरिवनको जिम्मेवारी सुम्पिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार अधिकारी सोमबार नै हरिवन आइपुग्ने छन्।

यो पनि पढ्नुहोस:
सिमा नाकामा सुरक्षाको सट्टा सौदाबाजी, सर्लाही प्रहरी फेरि विवादमा
तस्करीको आरोपपछि इलाका प्रहरी कार्यालय हिरापुरमा सम्पूर्ण प्रहरी फेर्ने निर्णय
तस्करसँगको घुस अडियो बाहिरिएपछि हिरापुरका सई निलम्बनमा
असई मनोज यादवविरुद्ध चरित्र हत्या प्रयास,अडियो प्रकरणमा कुनै सत्यता छैन : प्रहरी

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार