मिथिला क्षेत्रमा जितिया पर्वको व्रत सम्पन्न

२०८२ भाद्र ३०, सोमबार १०:४१

सर्लाही – मधेसको मिथिला क्षेत्रमा थारु समुदायसहितका महिलाले परम्परागत धार्मिक पर्व ‘जितिया’ व्रत सम्पन्न गरेका छन्। अस्ति राति दर खाने (ओगटन) परम्परासँगै सुरु गरिएको निराहार व्रत आज बिहान विधिवत् समापन गरिएको हो।

पितृपक्षमा मनाइने यो पर्व सप्तमी तिथिका दिन पवित्र स्नान गरी पितृलाई सम्झँदै संकल्प गर्ने, अष्टमीमा निराहार बस्ने र नवमीका दिन व्रत तोडेर समापन गर्ने परम्परा रहेको छ।

यस अवसरमा महिलाहरुले दिवंगत सासू, ज्येष्ठा सासू, जेठानी–देवरानी र मातृकूललाई सम्झेर व्रत समर्पण गर्ने प्रचलन छ। साथै, सन्तानको दीर्घायु र परिवारको कल्याणको कामना गर्दै व्रत पूर्ण गर्ने चलन छ।

यो पनि पढ्नुहोस:
जितिया पर्वको तयारीमा मिथिलानी
सन्तानकल्याणको कामना गर्दै मिथिलानी आज ‘ओगटन’, भोलिदेखि कठोर जितिया व्रत
जितियाको निराहार व्रत आज

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार