अपडेट: यी हुन् सर्लाहीमा माटोको ढिस्कोमा पुरिँएर घाईते भएका तिन जना

२०८२ आश्विन १५, बुधबार १२:२०
घटनास्थल

मलंगवा – हरिपुर्वा नगरपालिका–१ हर्दी खोलामा माटो खन्ने क्रममा बुधबार बिहान ढिस्को खस्दा चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घाईते हुनेहरुमा महोत्तरी सोनमा गाउँपालिका – ६ मगरथाना निवासी ७ वर्षीया आयसा खातुन, सोहि ठाउँ निवासी २५ वर्षीया रोजिया खातुन र ११ वर्षीया आस्मिन खातुन रहेका छन्।

घाईतेमध्ये आयसाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने अवस्था सामान्य रहेको छ। रोजियालाई स्थानीय अस्पतालमा प्राथमिक उपचारपश्चात पर्सास्थित जानकी हेल्थ केयर महोत्तरीमा पठाईएको छ र उनको अवस्था मध्यम रहेको छ। यस्तै, आस्मिनको हरिपुर नगर अस्पतालमा उपचार भईरहेको छ।

बुधबार बिहान करिब ९:२० बजे खुर्पाले माटो खन्ने क्रममा ढिस्को खस्दा उनीहरु पुरिएका थिए। घटना भएको सूचना पाएपछि प्रहरीको टोली खटिएको थियो। घाइतेहरुलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइए पनि उपचारको क्रममा चार जनालाई चिकित्सकले मृत घोषणा गरेका छन्।

यो पनि पढ्नुहोस:
सर्लाहीमा माटोको ढिस्कोले पुरिँदा चार जना गम्भीर घाईते
सर्लाहीमा माटोको ढिस्कोमा पुरिँएर गम्भीर घाईते भएका चार जनाकै मृत्यु

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार