मधेश सरकारले त्रिशूली दुर्घटनामा परि मृत्यु भएकाका परिवारलाई एक लाख दिने

२०८१ श्रावण १, मंगलवार १८:४१
file image

सर्लाही – मधेश सरकारले त्रिशूली दुर्घटनामा परि मृत्यु भएकाका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने बताएका हुन् ।

‘दुर्घटनामा परी ज्यान गुमाउने मधेसका जिल्लाका पीडित परिवारलाई राहत दिने घोषणा गरेका छौ’, मुख्यमन्त्री सिंहले भने, ‘मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ ।’ उनले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने जनाए । साथै उनले दुर्घटनामा परी बेपत्ता भएकाहरूको खोज तथा उद्धारमा संघीय सरकारलाई आग्रह गरेको जनाकारी दिए ।

असार २८ गते काठमाडौँबाट गौर आउँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल डिलक्स बस चितवनको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिसुलीमा खसेका थिए । दुई बसमा गरी बेपत्ता भएकामध्ये १५ जनाको शव फेला परेको छ ।

साथै, सोहि दुर्घटनामा परि सर्लाही बहरथवाका १९ वर्षीय रमित कुशर माझीको मृत्यु भएको छ। उनको शव गत असार २९ गते नवलपुरको गैंडाकोटस्थित नारायणी नदीको किनारमा भेटिएको थियो। उनको सनाखत उनका बुबाले गरेका थिए। सोहि दुर्घटनामा सर्लाही कै रामनगर गाउँपालिकाका दुई जना युवा परेको शंका गरिएको छ। उनीहरु अहिले सम्म बेपत्ता अवस्थामा छन् भने परिवार चिन्तित बनेका छन्।

यो पनि पढ्नुहोस :

भिडियो :

 

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार