प्रादेशीक अस्पतालमा सरकारी सम्पत्तिको दुरुपयोग प्रकरण: प्रतिबेदन बुझाउने तयारीमा छानबिन समिति

२०८२ कार्तिक १७, सोमबार १४:४९
पहिलो तस्बिरमा आरोपित डाक्टर सिंह र दोश्रोमा छानबिन समितिका संयोजक साह

मलंगवा – सर्लाहीको सदरमुकाम मलंगवास्थित प्रादेशीक अस्पतालमा सरकारी सम्पत्तिको दुरुपयोग भएको प्रकरणमा छानबिन गर्न बनेको समितिले प्रतिबेदन बुझाउने अन्तिम तयारीमा रहेको जनाएको छ।

गत कार्तिक ७ गते अस्पतालमा कार्यरत मेसु (मेडिकल सुपरिन्टेन्डेन्ट) संजीव कुमार सिंहले सरकारी सम्पत्ति निजी प्रयोजनका लागि प्रयोग गरेको भन्ने समाचार बाहिरिएका थिए।

त्यसपछि कार्तिक ७ गते जिल्ला प्रशासन कार्यालय सर्लाहीले उक्त विषयको सत्यतथ्य पत्ता लगाउन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत जय किशोर साहको संयोजकमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

समितिलाई तिन दिन भित्र घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिबेदन पेश गर्न निर्देशन दिइएको थियो। छानबिन समितिका संयोजक जय किशोर साहका अनुसार सो समयमा चाडपर्व परेका कारण समितिले काम गर्न नसकेको बताए।

‘चाडपर्व सकिएपछि हामीले काम थाल्यौ र लगभग सबै काम सकिएको र अब भोलि प्रतिबेदन बुझाउने तयारि गरेको’ धड्कन एफ एमसंग बताए। बाँकी अहिले केहि भन्न मिल्दैन प्रतिबेदन बुझाएपछि सबै बाहिर आउंछ, अहिलेलाई काम अन्तिम चरण छ, आज नयाँ प्रमुख जिल्ला अधिकारि ज्यु हाँजिर हुनुभाछ हामि भोलि प्रतिबेदन बुझाउने तयारिमा छौ, उनले भने।

मेसु सिंह उक्त अस्पतालमा रहँदासम्म बिबादमा मात्रै तानिए, उनले प्रादेशिक अस्पताल डामोडोल बनाएको आरोप खेप्दै आईरहेका थिए। यसका साथै, उनले बिरामीलाई कमिशनमा रेफर गर्ने गरेका आरोपहरु समेत लागेका थिए।

पछिल्लो समयमा भने उनि अवकाशमा जानु अघि अस्पतालका सरकारी सामान अस्पताल कै सरकारी गाडीको प्रयोग गर्दै घरमा लिँदै गरेका भिडियोसहित बाहिएर आएको थियो। उनले यो आरोप सोहि समयमा एक मिडियालाई अन्तरबार्ता दिंदै स्वीकार समेत गरेका थिए।

यो पनि पढ्नुहोस:
अवकाशअघि अस्पतालको सामान घरतर्फ, मलंगवा अस्पतालका प्रमुखमाथि गम्भीर आरोप
प्रादेशिक अस्पताल मलंगवा: मेसु सिंहद्वारा सरकारी सम्पत्ति निजी प्रयोग, तिन सदस्यीय छानबिन समिति गठन

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार