सर्लाही – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई आफ्नै पार्टी जनमत पार्टीले स्पष्टीकरण सोधेको छ। मुख्यमन्त्री सिंहले सरकारको नेतृत्व गरेको दुई महिनामै पार्टीसँग समन्वय नगरी काम गर्न थालेपछि स्पष्टीकरण सोधिएको हो ।
मन्त्रालय बाँडफाँड र मन्त्रीमण्डल विस्तारमा मनपरी गरेपछि पहिलो पटक पार्टीको तर्फबाट स्पष्टीकरण सोधिएको बताईएको छ। मुख्यमन्त्री सिंहले अहिलेसम्मकै ठूलो २० सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए।
पार्टीका प्रवक्ता शरदसिंह यादवका अनुसार मुख्यमन्त्री सिंहले ‘पार्टीसँग समन्वय नै नगरी मन्त्रालय बाँडफाँड गर्नुभयो, राज्यमन्त्रीसमेत थप गर्नुभयो’, ‘उहाँले पार्टीसँग समन्वय नै गर्नुभएन।’ यी र यस्तै विविध बिषयबस्तुमा रहेर मुख्यमन्त्री सिंहलाई पार्टीले स्पष्टीकरण सोधेको हो।
मूख्यमन्त्रि सिंहले गत मंगलबार ५ राज्यमन्त्री थप गर्दै २० सदस्यीय मन्त्री मण्डल बनाएपछि उक्त कार्यको चौतर्फी रुपमा आलोचना तथा बिरोध भईरहेको छ। गत बुधबार पनि जनकपुरमा मूख्यमन्त्रि सिंहको राजिनामा माग्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघ र विद्यार्थी युनियन नेपालले कुर्सी जुलुस प्रदर्शन गरेका थिए।
यो पनि पढ्नुहोस :
– मधेश प्रदेशका मुख्यमन्त्री सिंहको राजिनामा माग्दै जनकपुरमा कुर्सी जुलुश
– रोजगारको संख्या घटदै जानू र मन्त्रालयको संख्या बढदै जानू मधेशको लागि दुर्भाग्यपूर्ण हो – सांसद सिंह
– मधेश प्रदेशमा सत्ताको चरम दुरुपयोग, १२ मन्त्रालय, २० जना मन्त्री
– मधेशमा थप ५ राज्यमन्त्री नियुक्त