बारा क्याम्पस प्रमुख हत्या प्रकरण: मुख्य अभियुक्त कुशवाहा सार्वजनिक, यसरि घट्यो घटना

२०८१ मंसिर १३, बिहीबार ११:४२

सर्लाही – गत जेठ ३२ गते गोली हानी हत्या गरिएका बाराको आदर्शकोतवाल गाउँपालिका–२ खजुरीया निवासी रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या प्रकरणका मुख्य अभियुक्तलाई घटनाको पाँच महिनापछि बारा प्रहरीले सार्वजनिक गरेको छ।

भिडियो:

घटनाको पाँच महिनापछि बुधबार पक्राउ परेका मुख्य आरोपी बाराको आदर्शकोतवाल गाउँपालिका-२ का ४१ वर्षीय सुरेन्द्रप्रसाद कुशवाहालाई आज (बिहिबार) बारा प्रहरीले सार्वजनिक गरेको हो। प्रहरीका अनुसार उनि सेनाका भगौडा रहेको खुलेको छ।

२०६० सालमा नेपाली सेनामा भर्ना भएका सुरेन्द्र २०७० मा जागिर छाडेर भागेका थिए । त्यसपश्चात उनी गाउँघरमा उच्छृङ्खल तथा त्रसित बनाउने गतिविधिमा सक्रिय रहेको प्रहरीको भनाइ छ ।

यसरि घट्यो घटना:

सुरेन्द्रले मिटरब्याजमा ऋण लगानी गर्ने गरेका थिए भने अर्काको ऋण पनि असुलि गरिदिने जिम्मा लिने गरेका थिए । त्यतिमात्र होइन उनले परपञ्चायत गराइदिने ठेक्का लिने, डराउने धम्काउने जस्ता गवितविधि गर्ने गरेको पृष्ठभूमि पाइएको छ । सुरन्द्र सोही क्रममा क्याम्पस प्रमुख कुशवाहासँगको जग्गा विवादमा सामेल थिए । र, हत्या गर्ने योजना बनाए ।

क्याम्पस प्रमुख कुशवाहाको २ जेठ २०८२ साँझ आदर्शकोतवाल गाउँपालिका-२ खजुरीया भन्ने ठाउँबाट कलैयातर्फ आउँदै गर्दा गोली हानी हत्या भएको थियो । प्रहरीका अनुसार मृत्युअघि पनि प्रमुख कुशवाहाले सुरेन्द्रले आफूमाथि गोली प्रहार गरेको खुलाएका थिए । सुरेन्द्र घटनापश्चात भारतका विभिन्न स्थानमा लुकेर बस्दै आएका थिए । प्रहरीको अनुसन्धानमा हत्या घटनामा सुरेन्द्रसहित १७ जनाको संलगता रहेको खुलेको छ ।

अनुसन्धानको क्रममा तत्कालै पक्राउ परेका चन्द्रमणिप्रसाद कुशवाहा, चाँदशीप्रसाद कुशवाहा, सुमेदकुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रवण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी मध्ये राधेस कुमार पटेल र विनोद राउत कुर्मी कर्तव्यज्या मुद्दामा जिल्ला अदालत बाराबाट धरौटीमा छुटेका छन् भने ८ जना पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

उक्त घटनामा प्रयोग भएको हतियार पेस्तोल थान–२, गोली थान– ७ राउण्ड, मोटरसाइकल थान ४, मोबाइल थान– ४ थान, ल्यापटप थान– २, सिम कार्ड थान– ७ बरामद भएको थियो । पक्राउ परेका सुरेन्द्रमाथि ज्यान मुद्दा र हातहतियार खरखजना सम्बन्धी कसुरमा कारबाही भइरहेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।

सम्बन्धित खबरहरु:
बारा क्याम्पस प्रमुख हत्या प्रकरण : मुख्य अभियुक्त ५ महिनापछि पक्राउ
बारा क्याम्पस प्रमुख हत्या प्रकरण : हत्यामा प्रयोग भएको पेस्तोलसहित थप एक जना पक्राउ
बारामा फेरी एक जना शिक्षकको अज्ञात समूहद्वारा गोलि प्रहारबाट मृत्यु
बारा क्याम्पस प्रमुख हत्या प्रकरण : दुई जना पक्राउ
क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरण : हत्यारा पत्ता लगाई कारबाही गर्न मागसहित देशभरका क्याम्पस बन्दको घोषणा

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार