सर्लाही – मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफूलाई कुनै परिस्थितिले पनि राजीनामा दिन बाध्य बनाउन नसक्ने बताएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार मधेस भवनमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले षड्यन्त्र वा व्यक्तिगत इच्छाका आधारमा आफ्नो पद त्याग नगर्ने प्रस्ट पारे।
उनले भने, “संघीयता र संविधानको रक्षा गर्न म पदमा दृढ छु। साथीहरूले चाहे भनेर म पद छोड्दिनँ। संसदबाट विश्वासको मत नपाए मात्र पदत्याग गर्नेछु।” सिंहले भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनकै क्रममा संघीयताले सिर्जना गरेको भौतिक सम्पत्तिलाई क्षति नहोस् भन्ने भावनाले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेको स्मरण गराए।

तर अहिले भने उनले आफू दृढतापूर्वक जिम्मेवारीमा रहने स्पष्ट गरे। माओवादी जनयुद्धको दशकभरि भएको क्षतिभन्दा बढी भौतिक संरचनाको नोक्सान दुई दिनको आन्दोलनले गरेको भन्दै सिंहले मधेसी जनतालाई आफ्ना बलिदानबाट प्राप्त संघीयताको रक्षा गर्न एकजुट हुन आह्वान गरे।
यो पनि पढ्नुहोस:
– जनमत अध्यक्षको निर्देशनपछि मुख्यमन्त्री सिंहको राजीनामा
– फेसबुकमै राजीनामा घोषणा, तर कानुनत अझै मुख्यमन्त्रीकै जिम्मेवारीमा सिंह
– अन्तरिम सरकारपछि मुख्यमन्त्री सिंहको पल्टो: ‘फेसबुक स्टाटसलाई राजीनामा भन्न मिल्दैन’
– जनमत पार्टीले अटेरी मुख्यमन्त्री सिंहलाई सोध्यो तीन दिने स्पष्टीकरण





